रबि लामिछानेको अनुसन्धान प्रक्रिया निष्पक्ष हुनुपर्छ| संविधान संशोधन नगरे वैकल्पिक उपाय खोज्ने( भिडियो सहित )
समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग सदस्य,रामप्रसाद रिजालले वर्तमान केपी शर्मा ओली सरकार काण्डै काण्डको घेराबन्दी भित्र रहेको बताउनु हुन्छ। सोही काण्डलाई तोडेर बाहिर निस्कन नसक्दा खेरी आम नागरिक आक्रोशित भएको उहाँको दावी छ। अब समाजवादी पार्टीले सरकारलाई संविधान संशोधन गरेर आफुहरुका मागलाई सम्बोधन गर्नका लागि आगामी दशै तिहार एवं छठसम्मको अल्टिमेटम दिने बताउँनु भएको छ । यदि सरकारले सोही समय अवधि भित्रमा पनि आफुहरुका माग पूरा नगरेको खण्डमा चरणबद्ध रुपमा संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिनु भयो ।
पीडितले न्याय पाउनु पर्ने,निर्दोष व्यक्ति फस्नु नहुने र दोषीले उन्मुक्ति पाउनु नहुने उहाँको भनाइ छ । अनुसन्धानका क्रममा रहेका पत्रकार रबि लामिछाने लगायत तिनै जनाको अनुसन्धान प्रक्रिया निष्पक्ष हुनुपर्ने उहाँको जोड छ । (भिडियो सहित)
Post a Comment