Latest Updates :

जापान पुगेका ‘फुलन्देकी आमा’ लाई विमानस्थलबाटै नेपाल फर्काइयो -कारण यस्तो छ


SHARE THIS POST :
पछिल्लो समय निकै चर्चा कमाउन सफल हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) साउन १६ गते रोधी साँझ कार्यक्रमको लागि जापान उडेका थिए । तर उनलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ ।

तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको २३ औ रोधी साँझ कार्यक्रमको लागि उमेश राई र लोकगायिका सबिना गुरुङ एकसाथ बिहिबार जापान उडेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरु दुवैलाई प्रवेशाज्ञा नदिएको बताएको छ ।

तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी यस कुराको जानकारी गराएको हो । कलाकारद्वय फर्कनु परेकोमा दुःख व्यक्त गर्दै आयोजक संस्था तमु धिंले कार्यक्रम पहिले तोकिएको समय र स्थानमै हुने जानकारी गराएको छ ।

अन्य समाचार: ‘सारेगमप’मा हुँदा गुन्द्रुकको झोल सम्झिरहेँ

भारतीय रियलिटी शो ‘सारेगमप लिटल चाम्स’बाट फर्किएपछि आयुष केसीको घडीको काँटा अरु तीव्र घुम्न थाले झै भएको छ ।१३ वर्षको उमेरमै पाएको चर्को नेम र फेमले उनलाई घरको न्यानो संसारभित्र चुलबुल–चुलबुल गर्दै बस्ने फुर्सद मिलेको छैन । ओछ्यानमाथि उफ्रिने, रेस्लिङ खेल्ने, कुद्ने, चञ्चलतापूर्वक लडिबुडी गर्ने, हाते बल उफार्ने, दिदीहरुलाई सताउने, भान्सामा सुटुक्कै छिरेर गुन्द्रुकको झोल घुट्क्याउने, टेबल ठटाएर गीत गाउने मेसो मिलिरहेको छैन ।

मिडियामा अन्तर्वार्ता दिनैपर्ने, गीत रेकर्ड गर्नैपर्ने, सम्मान थाप्नैपर्ने, शुभेच्छुकको फर्माइसमा दुई–चार गीत गुनगुनाउनै पर्ने, भेट्नेहरुसँग सेल्फी खिच्नैपर्ने। हिँड्दा, बस्दा, बोल्दा ‘जेन्टलमेन’ बन्नुपर्ने । सोधिएका प्रश्नको बान्की मिलाएर जवाफ दिनुपर्ने । कार्यक्रमको ‘शोभा’ बढाइदिनुपर्ने । घण्टौंसम्म भलाद्मी बनेर मञ्चमा बस्नैपर्ने । उनकी आमा रीता केसी भन्दै थिइन्, ‘दौडेको, दौडेकै भइरहेको छ ।’

अब उनलाई मस्त बसेर त के, आरामले हिँडेर पनि पुग्दैन । दौडनैपर्छ । लामो दौडको धावक झै । दिनदिनैको यो दौडधूपले उनको ज्यानलाई बिसञ्चो बनाउँछ । पढाइ छुट्छ । बिहान गुन्द्रुकको झोलसँग तातो भात खाएर निस्केको फुच्चेलाई साँझ छिप्पिँदासम्म घरमा पुग्ने मेलोमेसो मिल्दैन । ‘दिदीहरुसँग त राम्ररी खेल्न पाइरहेका छैनन्,’ आमा रीता सुनाउँछिन्, ‘उसले (आयुष)ले गर्दा म पनि बस्न पाएकी छैन । ६ महिना लगातार उसँगै दौडिरहेकी छु ।’

आयुष पढ्ने भक्तपुरस्थित मोर्डन बोर्डिङ स्कुलका प्रिन्सिपल अनिल कसपाल ‘आयुषको पढाइ धेरै छुटिसक्यो’ भन्दै थिए ।बिहीबारको ओसिलो साँझ अनलाइनखबरसँग भेट्दा आयुष दिनभरको थकानमै देखिन्थे । कमलादीमा भएको एक सांगीतिक कार्यक्रममा सहभागी भएर उनी साँझमात्र घर फर्कन पाए । आफ्नै गीतसमेत समावेश भएको एल्बम सार्वजनिक गरेर आमा–छोरा लखतरान हुँदै अन्तर्वार्ताका लागि तयार भएका थिए ।आमा रीता हतार गर्दै थिइन्, ‘अन्तर्वार्ता छिटो सकाइदिनु होला है, बाबुलाई सञ्चो छैन । त्यसमाथि घर पुगेर होमवर्क भ्याउनु छ ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv