काठमाडौँको जोरपाटीमा बस्ने वन झाक्री दिल कुमार तामाङको चर्चा अहिले निकै चुलिएको छ। देशमा मात्र नभई विदेशमा समेत उनको चर्चा बढिरहेको छ। उनी आफ्नो झाक्री विद्याले विरामी निको पार्ने कार्य गर्छन्। छोप्नी, काम्नी, बिहोस हुनी र अस्पताल गएर पनि विशोक नहुनी खालका विरामी झाक्री कहाँ आउने गर्छन।
सानो हुँदा बन झाक्रीले लगेर झाक्री विद्या सिकाएर पठाएको उनको भनाई छ। वन झाक्रीको विद्या पाएको हुनाले दिल कुमार तामाङ्ग पनि वन झाक्री बने। अहिले उनी विरामीको रोग निवारण गर्नमा व्यस्त छन्। छोप्नी, काम्नी, बिहोस हुनी र अस्पताल गएर पनि विशोक नहुनी खालका विरामी झाक्री कहाँ आउने गर्छन। त्यस्तै, उनले अल्सर, क्यान्सर, ग्यास्ट्रिक जस्ता रोग लागेका विरामीलाई अस्पताल जान नै सल्लाह दिने गर्छन।
झाक्रीको भेष पहिरिएर ढ्यांग्रो ठटाएर विभिन्न मन्त्र जपेर उनी र उनका चेला मिलेर उपचार गर्ने गर्छन। उनले उपचारको क्रममा चामलबाट झोखाना हेर्ने, कुचोद्वारा झारफुक गर्ने, विभिन्न औषधी सुंग्न लगाउने, जनावरको सिङ्गहरु देखि पुजा सामानहरुको पनि प्रयोग गरी पुजाआजा गर्दै धामी उपचार गर्ने गर्छन।
उनै झाक्री दिल कुमारले आज बिरामीलाई नै आर्यघाटमा लगेर भुत झारेको दाबी गरेको छ । हामीले मध्यरातमै उनको भुत झार्ने स्थल पुगेर रिपोर्ट बनाएका छौ । किन गयो त दिल कुमार आर्यघाट ? यसक पुरा जानकारी तलको भिडियोमा हेर्नु होला ।
Post a Comment