Latest Updates :

भर्खरै अदालतबाट आयो रविको बारेमा यस्तो खबर, फेरी रविका बिरुद्दका वकिलले थाले यस्तो फाइल पल्टाउन


SHARE THIS POST :
प्रहरीले पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा प क्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनाको मिसिल रायसहित चितवन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले अनुसन्धान पुरा गरेपछि आज चितवन जिल्ला अदालतमा दुरुत्साहन अभियोग अन्तरगत अभियोगपत्र दायर गर्न लागेको हो । आज पत्रकार सम्मेलन गर्दै सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अदालतमा पेश गर्न लागिएको जानकारी दिए ।

अनुसन्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइ सकिएको र आजै अभियोग पत्र दायर गर्न लागिएको जानकारी दिए ।‘हामी फाइल अध्ययन गर्दै छौं’, उनले भने, ‘सकेसम्म आजै पेस गर्ने तयारीमा छौं।’सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दायर गरेपछि समय रहेमा आजै तीनै जनाविरूद्व थुनछेक बहस हुनेछ। थुनछेक बहसमा तीनै जनालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा छाडने अदालतले आदेश गर्ने छ।अदालतले केही थप मान्छेसँग बुझ्नु पर्ने र प्रमाण अपुग भएमा अनुसन्धान म्याद थप हुनेछ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv