Latest Updates :

स्टेशनमा गीत गाएर गुजारा चलाउँदै आएकी महिलालाई भारतीय गायक हिमेश रेशमियाले दिए फिल्ममा गाउने अवसर


SHARE THIS POST :
भारतको पश्चिम बंगालको रानाघाट स्टेशनमा गीत गाएर गुजारा चलाउँदै आएकी एक महिला रातारात अहिले चर्चाको शिखरमा छिन् । उनै रानूमण्डल अहिले भारतभरु नभएर विश्वभर चर्चामा छिन् ।उनले गाएको ‘एक प्यारका नगमा है, मौजों कि रवानी है’बोलको गीतले युट्युवमा कमाल नै गर्न सफल भएको छ । रेलवे स्टेशनमा उनले गाएको गीत एक यात्रुले रेकर्ड गरेर सोसल मिडियामा अपलोड गरेपछि भिडियो नहेरीकन सुन्नेहरु मात्रैले त यो आवाज लतामंगेश्करको आवाजसँग तुलना गरेका छन्।

यसैबिच भारतीय गायक हिमेश रेशमियाले आफ्नो नयाँ फिल्म ‘ह्याप्पी हार्डी एण्ड हिर’को लागि‘तेरी मेरी कहानी’बोलको गीत उनै भाइरल रानूमण्डलसँग रेकर्ड गराएसँगै उनको जिन्दगी मात्रै फेरीएन १० वर्षदेखि सम्पर्क विहिन छोरीसँग समेत भेट भएको छ । निकै संघर्षगरी जिन्दगी चलाइरहेकी उनको जीवनमा पतिको मृत्युपछि झनै ठूलो बज्रपात आइपर्यो । रेलवे स्टेशनमा गीत गाएर पेट पालिरहेकी उनलाई हिमेशको फिल्ममा गायनमा इन्ट्रि गराउन मेकओभर समेत गरिएको छ। सैलुनमा उनको हेयरस्टाइल परिवर्तन गरिएको तस्विर पनि यतिबेला भाइरल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv