हरीको गोर्कण बिटबाट सई रामेश्वर खड्कासहितको टोली बालक भेटिएको स्थानमा पुग्यो । प्रहरीले बेवारिशे अवस्थामा फालिएका शिशुको उद्धार गरी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा लग्यो । अहिले अस्पतालको एनआइसियुमा राखेर शिशुको उपचार भइरहेको छ । डाक्टर सत्यम रिमाल नेतृत्वको टोली शिशुको उपचारमा खटिरहेको छ । अस्पतालले दिएको जानकारीअनुसार शिशु स्वास्थ्य स्थिर छ ।
‘अस्पताल ल्याउँदा शुरूमा उनलाई श्वासप्रश्वासमा केही समस्या देखिएको थियो,’ अस्पताल स्रोत भन्छ, ‘अहिले उनी स्वस्थ छन् ।’ २ किलो २० ग्राम तौलका ती शिशुलाई मकैबारीमा कसले फाल्यो भन्ने खुल्न सकेको छैन । घ टनाबारे सुक्ष्म रूपमा अनुसन्धान अघि बढाएको बौद्ध प्रहरीका डिएसपी नरेन्द्र चन्दले जानकारी दिएका छन् । बुधबार राति कसैले शिशुलाई मकैबारीमा फालेको हुन सक्ने उनको अनुमान छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षेत्रीका अनुसार यसरी भेटिएका बालकहरूको स्वास्थ्यलाई ध्यानमा दिएर अस्पतालमा नै राखिन्छ । स्वास्थ्य ठीक भए उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरी सुरक्षित स्थानमा सारिन्छ । अभिभावक एकिन नभए संरक्षण गर्ने संस्थामा हस्तान्तरण गरिने जनाइएको छ ।
Post a Comment