Latest Updates :

राष्ट्रपति सी जिनपिङले नेवारी परिकार खाने


SHARE THIS POST :
चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेवारी खाजा सेट दिइने भएको छ। आज काठमाडौं आएका उनलाई नेवारी सेट दिइन लागेको हो। यद्यपि यसलाई सलादका रुपम दिइन लागेको सोल्टी होटल स्रोतले जानकारी दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा आउन लागेका सीलाई आजै राति रात्रिभोज ‘स्टेटबेन्क्वयट’ आयोजना गरिएको छ। रात्रिभोजलाई चार समूहमा विभाजन गरिएको छ। साढे सात बजेबाट शुरु हुने रात्रिभोजमा एपिटाइजर, सुप, मेन कोर्ष र डिजर्ट गरी चार तहमा खानाको परिकार विभाजन गरिएको छ।

राष्ट्रपति सीले रात्रीभोजमा नेपाली बारा तथा कुरिलो र क्वाँटी चाख्नेछन्। उनका लागि चिनियाँ खाना बनाउने सेफ भने चीनबाटै ल्याइएको छ। राष्ट्रपति सीलाई दिइने रात्रिभोजमा नेपाली, युरोपेली र चिनियाँ गरी तीन स्वादको मिश्रण रहनेछ। राष्ट्रपति सीलाई सबैभन्दा पहिला कुरिलो र क्वाँटीको नेपाली सुप सर्भ गरिने छ। त्यसपछि उनले बारासहितको नेपाली सलादको स्वाद चाख्नेछन्। यो सबै नेपाली सेफले नै बनाएर दिनेछन्।

मेन कोर्षमा भने सीकै इच्छा अनुसार चिनियाँ र युरोपेली खाना खुवाइनेछ। चिनियाँ खाना सी भ्रमण टोलीमा रहेका सेफले नै बनाउनेछन् भने युरोपेली खाना सोल्टीका सेफले बनाउने छन्। मेन कोर्षमा नेपाली खानाका कुनै पनि परिकार राखिएको छैन।रात्रिभोजमा सी भ्रमण दलमा रहेका चिनियाँ उच्च अधिकारी, नेपालबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, सुरक्षा निकायका प्रमुखहरु र केही व्यवसायी रहने छन्। राष्ट्रपतिसँगको रात्रीभोजमा २५० जना सहभागी हुनेछन्, त्यसबाहेक अन्य १५० जनाका लागि समेत सोल्टीमा खानपिनको व्यवस्था गरिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv