Latest Updates :

बासस्थानको अभावपछि सिन्धुपाल्चोकका बाढीपीडितलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी


SHARE THIS POST :

काठमाडौं, २४ असार ।
 भोटेकोशीमा पानीको बहाब बढेर गएको पहिरोमा परि घरवारविहिन भएका स्थानीयलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

बाढीका कारण अरनिको राजमार्गमा भएको क्षतका कारण यातायात सञ्चालन गर्न अवरोध भएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको बताइएको छ । शुक्रबार करिब ५० जनालाई काठमाडौ.मा ल्याउने तयारी भएको बताइएको छ ।
मंगलबार मध्ये राती तिब्बतबाट आएको बाढीले तटीय क्षेत्रमा व्यापक क्षति पु¥याउने क्रममा अहिलेसम्म तातोपानीका लगभग ४५ घर बगाएको छ । दशकिलो भन्ने स्थानदेखि लिपिङसम्मको १० किलोमिटर क्षेत्रको बस्ती र राजमार्ग बाढीले क्षतविक्षत बनाएको छ ।

बाढीपछि १० किलो, तातोपानी, कोदारी, लिपिङ बजार करिब विनास भइसकेको अवस्थामा छ । दुई सय भन्दा बढी परिवार विस्थापित छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv