१) यदि कसैमाथि चट्याङ परेको छ भने तत्काल डाक्टर बोलाइहाल्नु पर्छ। पीडितलाई छुन सुरक्षित हुन्छ – चट्याङ लागेका मानिसमा विद्युतीय करेन्ट बाँकी हुँदैन, त्यसैले पीडितलाई छुँदा अरु मानिसलाई पनि करेन्टको झट्का लाग्दैन।
३) धेरैजसो टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले उनीहरुको टाउको र खुट्टा जलेका हुन्छन्।
४) पीडितको हड्डी भाँच्चिएको हुन सक्छ। उनीहरुको सुन्ने शक्ति समाप्त भएको हुन सक्छ। वा हेर्ने शक्ति पनि समाप्त भएको हुन सक्छ। यी जाँच गर्नुपर्छ।
५) अन्तिम पटक बिजुली चम्केको तीस मिनेटसम्म पर्खन राम्रो हुन्छ। किनकि, चट्याङ्बाट हुने आधाजसो मरणका घटना त बिजुली चम्कन बन्द भइसकेको जस्तो लागेको बेला हुने गर्छ।
६) थचक्क बस्नुपर्छ, हातलाई घुँडामा टेकाएर टाउको तिनको बीचमा राख्नु बेश हुन्छ। रुख, तारबार र खम्बाहरुबाट टाढा भुईँसतह मा बस्नु राम्रो हुन्छ।
७) छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन किनभने यिनमा भएका धातुले करेन्टलाई शरिरतर्फ तान्न मद्दत पुर्याउन सक्छ।
८) एकै ठाउँमा चट्याङ दोहोर्याएर कहिल्यै पर्दैन भन्ने भनाई गलत हो। त्यसैले होशियार हुनैपर्छ।







Post a Comment