इटहरी , असार २२ गते /
४ वर्ष देखि उद्योग सँचालन अनुमती पत्र नविकरण नगरेको भन्दै सरकारी टिमले सुनसरीको इटहरीमा रहेको ओमसत्य साइ वाटर इन्डस्ट्जिको उत्पादन बन्द गरिदिएको छ । क्षेत्रीय गुण नियन्त्रण कार्यलय विराटनगर र सुनसरी जिल्ला प्रशासनको सँयुक्त टोलीले अनुगमन गर्दा कम्पनीले उपभोक्ताको स्वास्थ्य माथि गम्भिर खेलवाड गरेको भन्दै अनुगमन टोलीले साइ वाटर इन्डस्ट्जि वन्दगराएको हो ।
कम्पनीले इटहरीका विभिन्न स्थानमा उद्योग सँचालन गर्दै सार्दै गर्ने गरेको तर सम्बन्धित निकायलाई कुनै जानकारी नै नदिएको भन्दै टोलीले अपत्ति जनाएको थियो । सुनसरि जिल्ला प्रशासनमा ४ ओटा उजुरी परे पनि उद्योग सँचालक राजु सँगतले हेलचेक्राई गरेको जिल्लाका खाद्य निरिक्षक रमेश दाहालले जानकारी दिए । टोलीले उद्योग निरिक्षण गर्दा फोहोर र मापदण्ड विपरित सँचालन भएको भेटेको थियो । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने उद्योगलाई ७ दिन सम्म उत्पादन बन्द गर्न निर्देशन दिएका छ । पुनः अनुगमन गर्द त्यस्तैभेटिए उद्योग बन्द सम्म गर्न सकिने क्षेत्रीय गुण नियन्त्रण कार्यलयका खाद्य निरिक्षक पुष्प राईले जानकारी दिए
Post a Comment