Latest Updates :

यौन र आकर्षणबारे दश रोचक तथ्य I.पढ्नुस थप जानकारी


SHARE THIS POST :

यौन आकर्षणको कुनै एउटा आधार वैज्ञानिकहरुले पनि खोज्न सकेका छैनन् । तर डाक्टर जस्टिन लेमिलरले केही रोचक कुरा बताएका छन् ।

उनले द साइकोलजी अफ ह्युमन सेक्सुअलिटि नामको चर्चित पुस्तकमा यसबारे उल्लेख गरेका छन् । उनीको ब्लगबाट केही रोजक कुरा

– स्वयमप्रति आकर्षण
 हामी आफैजस्तो मानिसप्रति आकर्षित हुने गर्दछौ । एउटा प्रयोगमा सहभागीहरुलाई केही तस्वीर देखाइयो र सोधियो कि कुन सबैभन्दा आकर्षक छ ?

 एउटा तस्वीर उनीहरुकै पनि थियो । जसमा केही परिवर्तन गरिएको थियो । सबैभन्दा बढीले त्यही तस्वीर रोजे जसमा उनीहरुकै अनुहार मिश्रण गरिएको थियो ।

आमा–बाबुसँग आकर्षण
जसले हामीलाई आफ्नो आमाबुवाको स्मरण गराउँछन्, हामी उनीहरुतिर बढी आकर्षित हुने गर्दछौ । यसरी नै बढी उमेरका आमाबाबुका सन्तान बढी उमेरकै मानिसप्रति अधिक आकर्षित हुने गर्दछ । शारीरिक ब्यायमपछि शारीरिक ब्यायमपछि तपाईको मुटुको धड्कन बढ्ने गर्दछ ।

त्यही बेला तपाई कसैसँग भेट गर्नुएभयो भने उतिर आकर्षित हुने सम्भावना बढी रहन्छ । किनभने तपाईको दिमागले ठान्ने छ कि धड्कन उसलाई देखेर बढेको हो ।

 मदिराको असर अध्ययनका अनुसार नशामा मानिसहरु बढी आकर्षित हुने गर्दछन् । तपाई जति बढी मदिरा सेवन गर्नुहुनेछ, तपाई सामु भएको व्यक्तिले तपाईलाई त्यति नै बढी आकर्षित गर्नेछ । हलोको असर अध्ययनका अनुसार पिक अप लाइनले बढी असर गर्दैन ।

 त्यसको साटो सिधासाधा हलो बोलेर आफ्नो अगाडिको व्यक्तिलाई तपाई बढी आकर्षित गर्न सक्नु हुनेछ । सबै इन्द्रियको कमाल तपाई कोप्रति आकर्षित हुनुहुन्छ, यसको निर्णय तपाईको आँखाले गर्दैन, बरु सबै इन्द्रिय मिलेर यसको निर्णय गर्दछ ।

 जस्तो कि उसको गन्ध कस्तो छ, उसको आवाज कस्तो छ र यो पनि कि उसको स्वाद कस्तो छ । पिरियडको भूमिका महिलाहरु कसरी पुरुषप्रति अकर्षित हुनेछन् यो उनीहरुको महिनावारीका दिनमा निर्भर गर्दछ ।

 जस्तो कि जब उनीहरु फर्टिलिटीको सबैभन्दा सम्वेदनशील अवस्थामा हुन्छन् तब उनीहरुलाई ठुलो स्वर भएको, सुगठिन शरीरवाला पुरुष राम्रो लाग्दछ ।

रंगको असर पुरुषहरुमा रंगको असर निकै हुने गर्दछ । उनीहरुलाई रातो रंगको कपडा लगाएका महिलाहरुले बढी आकर्षित गर्ने गर्दछन् । मौसमको असर यौन आकर्षण मौसम अनुसार पनि परिवर्तन भइरहन्छ । जस्तो कि जाडोयाममा पुरुष महिलाप्रति गर्मीयामको तुलनामा बढी नै आकर्षित हुने गर्दछन् ।

 मुश्किलले प्राप्न गर्न उत्तम अध्ययनहरुका अनुसार जसलाई पाउन जति बढी कठिन हुन्छ, त्यसप्रति आकर्षण पनि त्यति नै बढी हुने गर्दछ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv