रमेश लेखक(कांग्रेस नेता)
गत बैशाखको कुरा हो, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवासँग केपी ओली नेतृत्वको सरकारकाबिरुद्ध पाँच असन्तुष्टी राख्नु भयो । पहिलो, वर्तमान संविधानप्रति केही राजनीतिक दलहरु असन्तुष्ट छन् । उनीहरुको असन्तुष्टीलाई ओली सरकारले समेटन सकेन । दोस्रो, संविधान कार्यान्वयनमा सरकारको गति निकै कमजोर देखियो । संविधानप्रति असन्तुष्ट दलहरुलाई समेट्न नसकेका कारण पनि संविधान कार्यान्वयनमा समस्या आएको छ । यसमा वर्तमान सरकार उदासिन बन्यो । संविधान तीन खम्वामा उभिएको छ । गणतन्त्र, संघियता र लोकतन्त्रमा । यी तीन लक्ष्यमा काम गर्न वर्तमान सरकारले गर्न सकेन ।
तेस्रो उहाँको असन्तुष्टी थियो, भूकम्प पीडितलाई राहत दिने कुरा । भूकम्प पीडित राहतहरु खुल्ला आकासमा बसेपनि उनीहरुलाई राहत दिनेतिर सरकारको ध्यान पुगेन । पुनः निर्माणको काम पनि अघि बढ्न सकेको छैन । गत आर्थिक बर्षमा सरकारले विनियोजित गरेको रकम पनि खर्च गर्न सरकारले सकेन । चौथो विकास र समृद्धिमा जनचाहाना अनुरुप काम गर्न सकेन र र पाँचौ शान्ति प्रक्रियाका बाँकी काम गर्न सकेन ।
प्रचण्डले अरुभन्दा शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न नसकेको भन्दै बढि असन्तुष्टी पोख्नु भएको थियो । हामी नै सरकारमा छौ हामीलाई नै जेल हाल्न लागिएको छ, तर सरकार मौन बसेको छ । यसरी लगातार सरकारबिरुद्ध पाँच असन्तुष्टी जनाउँदै विकल्प खोज्न म तयार छु भनेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पग्लिनु भयो । सरकार ढाल्ने र प्रचण्डको नेतृत्वमा सरकार बनाउने बिषयमा हामीबीच छलफल भएको थियो । पछि उहाँले नै यो बाटो गलत रहेछ भन्दै पछि फर्किनु भयो । प्रचण्डको यो चाल हामीले अहिले थाहा पाइसकेका छौ ।
अहिले फेरी सरकार परिवर्तनको कुरा उहाँहरुले उठाइ राख्नु भएको छ र राष्टिय सहमतिको सरकारका लागि पार्टीबाट निर्णय पनि गरिसक्नु भएको छ । उहाँहरुले राष्टिय सरकार गठनको निर्णय गर्दा कांग्रेस न त खुसी छ नत दुखी नै । हामी ब्यवस्थापिका संसदमा क्रियासिल प्रतिपक्षमा छौ । प्रतिपक्ष जहिलेपनि सरकारमा जान चाहने कुरा अनौठो र ठुलो होइन । तर हामीसँग सरकार परिवर्तनको संवाद गरिरहेका बेला प्रचण्ड फेरी बालुवाटार छिर्नु भएछ । उहाँलाई विश्वास गरेर सरकारको नेतृत्व दिने गरी अहिले कांग्रेसले कुनै कदम चाल्दैन । सरकार बन्ने अवस्था आयो भने हाम्रै सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्छ ।
फेरी यहाँनेर कांग्रेस विवादमा खेल्न खोज्यो भन्ने आरोप लाग्ला, एमाले र माओवादीको विवादमा हामी खेल्न पटक्कै खोजेका छैनौ । रचनात्मक प्रतिपक्षमा बसेर गुण दोषका आधारमा सरकारको मुल्याडकन समर्थन र विरोध गर्छौ । सरकारले राम्रो काम नगरे, सरकार सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगे नेपाली कांग्रेस सरकार बनाउन तयार छ । प्रतिपक्ष भनेकै ओइटिड प्रतिपक्ष हो ।
Post a Comment