Latest Updates :

जीवन मरणको सङ्घारमा कलाकार लक्ष्मी राना.....हेर्नुहोस


SHARE THIS POST :

एक कलाकार जस्ले जीवनभर आफ्नो अभियनको माध्यमले समाजको ऐना प्रस्तुत गर्छ, अरुलाई हसाउँछ, रुवाउँछ आज आफ्नो जीवनको उत्तराद्र्धमा उसकै शब्दमा मृत्यु कुरिरहेकी छन् ।

कुनै बेला कम्प्युटर जस्तै नाच्न सक्ने उपमा पाएको एक कलाकार लक्ष्मी रानाको अवस्था आज दयनीय छ । उहाँका कम्प्युटर जस्ता चल्ने पाइला अहिले रोगले गालेर हिँड्न नसक्ने भएको छ ।




टेलिसिरियलको पकड राम्रो भएको बेला ‘वाचा बिर्सेको छैन, निमित्त नायक, एक साँझ’ लगायत अनेकौं टेलिश्रृङ्खलामा आफ्नो अभिनयले सबैको मन छुन सफल नायिका रानाको अवस्था आज आर्थिक अभावले उपचार हुन नसक्दा मृत्यु कुरिरहेको छ ।

आठ वर्षदेखि मिर्गौलाको रोगबाट पीडित उहाँको अहिले एक मिर्गौला सुकेको छ भने अर्कोले ४० प्रतिशतमात्र काम गरेको अवस्था छ ।

औद्योगिक नगरी वीरगन्जमा उतिबेलाको चर्चित क्लब पञ्चम क्लबसँग सम्बद्ध भएर कला यात्रा सुरु गर्नुभएकी रानाले राजधानी पुगेर आफ्नो सो यात्रालाई उचाइमा पु¥याउनुभयो । उहाँले भारतलगायत जापान, स्वीजरल्यान्ड, स्पेन आदि देशमा आफ्नो कला प्रस्तुत गरिसक्नुभएको छ ।

रानाले ती देशमा कला प्रस्तुत गरेर कमाउनु भएको सबै पैसा आठ वर्षको उपचारमा सकिएको छ । अहिले उहाँ कालोपुलस्थित एक घरको सानो कोठामा मृत्युसँग सङ्घर्ष गरिरहनुभएको छ । एउटा खाट मात्र अट्ने कोठामा भाडा तिरेर एकलो जीवन जीउँदै आएकी उहाँलाई बिहान बेलुकाको खाना, औषधिको प्रबन्ध गर्न ठूलो समस्याले पिरालेको छ ।

सानै छँदा बाबु–आमाको मृत्यु भइसकेको र एकमात्र भाइको पनि केही वर्ष अघि मृत्यु भइसकेकोले अविवाहित लक्ष्मीसँग स्याहार गर्ने पनि कोही छैन । उहाँ भन्नुहुन्छ –‘अहिले म पत्थर जस्तै भएछु, अस्पताल जाउआउको यात्रा सकिएर कुन दिन पशुपतिको यात्रा हुने हो थाहा छैन । बरु चाँडै नै मरण भए त यो चिन्ता र सास्ती हुने थिएन । बाँच्न पनि नसकिने र मर्न पनि काल नआउने यस्तो यातना कहिलेसम्म व्यहोर्नुपर्ने हो भन्ने चिन्ताले सताउने गर्दछ ।’

उहाँले वीर अस्पतालको नेफ्रोलोजीमा उपचार गराइरहनु भएको छ । कलाकार सङ्घले केही रकम सहयोग गरेपनि उपचारको लागि मासिक रु १७ हजार खर्च लाग्छ । सो औषधि पचाउन खानुपर्ने पौस्टिक पदार्थको अभावमा उहाँको शरीर दिन प्रतिदिन क्षीण र कमजोर बन्दै गएको छ ।

उहाँ भन्नुहुन्छ –‘अहिले कसैले केही रकम दिन खोजे पनि लिन्छु । के गर्ने नमरुन्जेल बाँच्नै प¥यो ।’

कलाकार माझ ‘कम्प्युटर क्वीन’ ले चिनिनुभएको लक्ष्मीको नृत्य सम्झने कमैलाई उहाँको यो अवस्थाप्रति जानकारी हुनसक्छ । एउटी होनाहार कलाकारले आज औषधोपचार नपाएर मृत्युको मुखमा पुग्न बाध्य हुनुपर्ने अवस्थाप्रति सबैको ध्यान जानु आवश्यक छ । पहुँचदार व्यक्तिले उपचारको नाममा राज्यको ढुकुटीबाट लाखौँ रकम पाइररहेको अवस्थामा एउटी निःसहाय महिला कलाकारको उपचार सम्बन्धित निकाय र कला क्षेत्रको पनि चासोको विषय हुनुपर्ने उहाँका शुभेच्छुकहरु बताउँछन् । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv