Latest Updates :

३५ लाख तिरेर अमेरिका जान हिंडेका नेपाली युवा अलपत्र, ग्वाटेमालाबाट गर्दैछन बचाउन गुहार


SHARE THIS POST :
प्रकाशित मिति: सोमवार, भदौ २७, २०७३


काठमाडौं, २७ भदौं । ‘अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालको कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनु पर्‍यो,’ ग्वाटेमालाबाट टेलिफोनमा पीडा पोख्दै थिए कृष्ण न्यौपाने ।
आले थरका दलाललाई प्रतिव्यक्ति २५ देखि ३५ दाख रुपैयाँ बुझाइ अमेरिकी सपना बुनेर हिँडेका ४० जना आफूजस्तै नेपाली युवक अहिले भेनेजुयलामा अलपत्र परेको न्यौपानेले जानकारी दिए ।

भेनेजुयलाबाट ग्वाटेमाला हुँदै अमेरिका पुर्याउने आश्वासनसहित दलालले पैसा लिए पनि मेक्सिकोको चपाला विमानस्थलमा प्रहरीले पक्राउ गरेको उनले ।

उनका अनुसार ३५ लाख रुपैयाँ लिइसकेका आले थरका दलालले अझै १५ लाख रुपैयाँ दिएमात्रै अमेरिका पठाइदिनेभन्दै उनीहरुलाई धम्क्याउँदै आएका छन् ।

आलेसँगै हस्ती गुरुङ लगायतका दलालले पर्यटक भिसामा उनीहरु ४० जनालाई भेनेजुएलाका लागि उडाएका थिए । अलपत्र पर्नेमा कृष्णसँगै नुवाकोट, पर्वत, म्याग्दी, चितवन लगायतका जिल्लाका युवक छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv