Latest Updates :

देउवाले प्रचण्डलाई फोनमा भने, ‘रामचन्द्रले साह्रै किचकिच गर्यो, एउटा मन्त्रालय थपिदिनुस् यार’


SHARE THIS POST :

काठमाण्डु, ९ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री बन्ने व्यक्तिको नाम छिटो पठाउन कांग्रेस नेतृत्वलाई आग्रह गरेका छन् ।


बिहीबार देलिफोन गरी प्रधानमन्त्रीले सरकार विस्तारमा भएको ढिलाइले काम प्रभावकारी हुन नसकेको भन्दै तत्काल मन्त्री पठाउन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका हन् ।
जवाफमा देउवाले पार्टीबाट मन्त्री बन्नेको सूची अन्तिम चरणमा पुगेको भन्दै शुक्रबार नाम पठाउने बचन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
संस्थापन, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता खुमबहादुर खड्का र कृष्ण सिटौला समूहबीच भागबण्डा नमिलेका कारण कांग्रेसले मन्त्रीको सिफारिस गर्न नसकेको हो ।
पौडेलले पाँच तथा खड्का र सिटौलाले दुई/दुई मन्त्रालयमा गरेका थिए । देउवाले भने पौडेललाई चार तथा खड्का र सिटौलालाई एक/एक मन्त्रालय दिने अडान राखेका थिए ।
यसैबीच देउवाले आन्तरिक विवाद व्यवस्थापन गर्न कठिनाइ भएको भन्दै पूर्वसहमति भन्दा थप एक मन्त्रालय आफूहरुलाई दिन आग्रह गरे । यसअघि दुई दलबीच माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ८ र कांग्रेसले १३ मन्त्रालय लिने सहमति भएको थियो ।
‘मेरो पार्टीमा विवाद भएकाले भाग नपुग्ने भयो’, देउवाको भनाइ उद्धृत गर्दै बालुवाटार उच्च स्रोतले काठमाण्डु टुडेसँग भन्यो, ‘रामचन्द्रले साह्रै किचकिच गर्यो थप एउटा मन्त्रालय दिनुपर्यो यार ।’
बोल्ने क्रममा यार भन्ने देउवाको थेगो हो । जवाफमा प्रधानमन्त्रीले देउवालाई सकारात्मक प्रतिक्रिया दिएको बुझिएको छ । सभापति देउवा मन्त्रीमण्डललाई पूर्णता दिएर शनिबार उपचारका लागि सिंगापुर जाँदैछन् ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv