Latest Updates :

प्रचण्डलाई दिल्लीबाट आयो यस्तो खबर, निर्णय गर्नै परेन


SHARE THIS POST :
प्रकाशित मिति: बुधवार, भाद्र २२, २०७३


काठमाडौँ, २२ भदौ । भारतले प्रस्ताव गरेकै मितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्ली जाने भएका छन् ।

भदौ ३० गते दिल्ली जाने गरी भ्रमणको तयारी भइरहेको छ। प्रधानमन्त्रीको विदेश भ्रमणका बारेमा मन्त्रिपरिषद्ले निर्णय गर्ने चलन भए पनि अहिलेसम्म औपचारिक निर्णय भएको छैन । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

मन्त्रिपरिषद्को निर्णय नहुँदै प्रधानमन्त्री दाहालले संसद्को विकास समितिको बैठकमा आफूले भदौ ३० गते भारत भ्रमण गर्न लागेको घोषणा गरिसकेका छन् ।

प्रधानमन्त्री दाहालका विशेषदूतका रूपमा नयाँदिल्ली गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसमक्ष भारतीय अधिकारीहरूले भदौ ३० गते भ्रमणको मिति प्रस्ताव गरेका थिए ।

भदौं ३१ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता र सहयोगसम्बन्धी दुईपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने गरी तयारी भइरहेको छ ।

माओवादी केन्द्रभित्रैबाट पनि भारतले प्रस्ताव गरेको मितिमा नयाँदिल्ली जान नहुने भन्दै दाहाललाई दबाब दिइएको छ ।

मन्त्रिपरिषद्बाट निर्णय नगरी भारतले प्रस्ताव गरेकै मितिमा दिल्ली जान लागेको भन्दै संसद्‌मा पनि आलोचना भएको छ ।

संसदीय समितिमा सोमबार प्रधानमन्त्री दाहालले भने, ‘म आउने भदौ ३० गते भारतको भ्रमणमा जाने क्रममा छु र हुलाकी मार्गसहित भारतसँग सम्बन्धित विकास निर्माणका कामहरूका बारेमा प्राथमिकताका साथ राख्नेछु ।’

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव पेस गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकार बन्नसाथ भारतीय प्रधानमन्त्री मोदीले प्रच‌ण्डले छिटो दिल्ली आउन निम्तो दिएका थिए ।

भारत जानुअघि मधेसलाई सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव संसद्‌मा दर्ता गर्ने र स्थानीय चुनावका लागि कानुनी तथा राजनीतिक वातावरण तयार गर्ने कसरतमा यतिबेला प्रधानमन्त्री दाहाल जुटेका छन् । उनले खासगरी एमालेसँगको अनौपचारिक सम्वादलई तीव्र बनाएका छन् ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv