Latest Updates :

नेपाल हुँदै अमेरिका पुगेका भुटानी शरणार्थीले भर्जिनिया वेष्टर्न विश्वविद्यालयको दीक्षान्तमा दिएको मार्मिक मन्तब्य (भिडियोसहित)


SHARE THIS POST :
नेपालीपत्र
सोमबार, २७ भदौ, २०७३
काठमाडौं—सन् १९९१ मा नेपालीभाषी भएकै आधारमा अधिकांश भुटानीलाई देश निकाला गरियो । उनीहरुलाई भारत हुँदै नेपाल प्रवेश गराइयो तर पुनः स्वदेश फर्कन दिइएन ।

त्यसपछि उनीहरु झापास्थित तत्कालीन श्री ५ को सरकारले उपलब्ध गराएको अस्थायी शिविरमा शरणर्थीको हैसियतमा बस्न थाले । सोही शरणार्थी शिविरमा जन्मिएका थिए, यादव सापकोटा । सन् १९९३ मा तिमाली झापामा जन्मिएका यादवले नेपालमा नै विद्यालय स्तरको शिक्षा हासिल गरे ।

सन् २०११ मा पुनर्वास कार्यक्रम अन्तर्गत यादव अमेरिका पुगे । अमेरिका पुगेपछि यादवले आफ्नो उच्च शिक्षालाई निरन्तरता दिए र भर्जिनिया वेष्टर्न विश्वविद्यालयमा पुगे । सो विश्वविद्यालयबाट दीक्षित हुने समय उनले आफ्नो नेपाल र अमेरिका हुँदाको शरणर्थी जीवनका बारेमा आफ्ना अनुभव साटेका छन् ।

उनले नेपालमा शरणर्थीको रुपमा बस्नुपर्दाको पीडा र अमेरिका पुगेपछि गर्नु परेको संघर्षका बारेमा आफ्नो अनुभव साटेका छन् ।

मन्तव्यका क्रममा उनले आफुले जीवनमा १७ वर्षको उमेरमा पहिलोपटक एक जोर जुत्ता लगाएको पनि बताएका छन् ।

देवकोटाले भर्जिनिया वेष्टर्न विश्वविद्यालयको दीक्षान्त समारेहमा दिएको मार्मिक मन्तव्यः
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv