Latest Updates :

महोत्तरीको पिपरामा विद्यालयको पर्खाल भत्किएर गर्भवती महिलाको मृत्यु


SHARE THIS POST :

गौशाला, १६ भदौ : महोत्तरी जिल्लाको पिपरा गाविसमा गएराति एक बोर्डिङ स्कुलको पर्खाल भत्किदा किचिएर एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा–१ बस्ने विनोद धनकारकी पत्नी २५ वर्षीया रञ्जुदेवी धनकार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।



महिला धनकार गएराति ८ बजेको समयमा घर नजिकै रहेको आश बोर्डिङ स्कुलको छेउमा रहेको धाराबाट पानी लिएर आउँदै गर्दा अचानक सो स्कुलको पर्खाल भत्किदा सोही पर्खालमा किचिएर उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।



स्कुलको पर्खालमा किचिएर घाइते भएकी महिला धनकारलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv