Latest Updates :

पत्नी बिक्रीका लागि विज्ञापन गरेपछि…..


SHARE THIS POST :


बेलायतमा एक पुरुषले आफ्नी पत्नी लिलामीमा बिक्री गर्नका लागि विज्ञापन प्रकाशित गरेका छन् ।अनलाइन लिलामी साइट ‘इबे’ मा ३३ वर्षीय साइमन ओकेनले पत्नीको लिलाम बिक्रीका लागि विज्ञापन गरेका हुन् ।

वेकफिल्ड, योर्कशायर बस्ने ओकेनले आफ्नी २७ वर्षीया पत्नी लिएन्ड्राको तस्वीर राखेर विज्ञापन दिएका हुन् । उनले पत्नी बिक्री गर्नु पर्नाका कारणसमेत उल्लेख गर्दै खरिदकर्तालाई लिएन्ड्रा खरिद गर्दा हुने नाफा–नोक्सानको लेखाजोखा पनि गरेका छन् ।उनले पत्नीको लिलामीका लागि विज्ञापन प्रकाशित गरेको दुई दिनमै ६५ हजार ८८८ पाउण्डसम्मको खरिद प्रस्ताव आएको बताइन्छ ।




लिएन्ड्राले उक्त विज्ञापनबारे थाहा पाएपछि भने झण्डै ओकेनको हत्या गरिनन् । कार्यालयमा जाँदा आफ्ना सहकर्मीबाट सो विज्ञापनबारे थाहा पाएको उनले बताइन् । ‘सबैजना मलाई हेरेर हाँसिरहेका थिए,’ उनले भनिन्, ‘ओकेनप्रति मलाई निकै रिस उठिरहेको थियो ।’

उनले विज्ञापनमा आफ्नो सबैभन्दा नराम्रो तस्वीर राखिएको पनि बताइन् ।पछि सो विज्ञापन हटाइएको छ । विज्ञापन हटाइएकोमा भने ओकेन निराश भएका छन् । उनी भन्छन्, ‘मानिसले कतिसम्म मूल्य तिर्न सक्छन् भन्ने हेर्न चाहन्थेँ म, विज्ञापन प्रकाशित गर्नुको अर्को कुनै उद्देश्य थिएन ।’ (एजेन्सी)

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv