३० भदौ काठमाडौं - अन्तिम दुई मिनेटमा गरेको दुई गोलको मदतमा साविकको विजेता रियल मड्रिडले स्पोर्टिङ लिस्बोनलाई हराएको छ र च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको छ ।
बुधबार राति भएको खेलमा रियल मड्रिडले पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बोनलाई २-१ गोल अन्तरले हराएको हो । रियलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुमा नै स्पोर्टिङ लिस्बोनले अग्रता लियो । उसका लागि सिजर जानाकीले गोल गरे । तर, निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी छँदा क्रिष्टियानो रोनाल्डोले फ्रि किकमार्फत बराबरी गोल गरे भने अन्तिम मिनेटमा मोराटाले गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका छन् ।
रोनाल्डोको फ्रि किक गोल
हालैमात्र पोर्चुगललाई युरोकपको उपाधि दिलाएका रोनाल्डो ठूला प्रतियोगितामा ४३ फि्रकिकमा गोल गर्न असफल रहेको रेकर्ड छ । तर, बुधबार उनले २५ यार्ड टाढाबाट गोल गरे । यो उनको करियरमा १२ औं च्याम्पियन्स लिग फ्रिकिक हो । र, यो गोलसँगै प्रतियोगितामा उनको गोल ९४ पुगेको छ । जसमध्ये रियलका लागि ७६ खेलमा ७९ गोल भएको छ । साथै रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो पूर्व क्लबविरुद्ध खेलेको पाँच अवसरमै गोल गरेका छन् ।
उनले २००७ मा युनाइटेडबाट खेल्दा स्पोर्टिङविरुद्ध होम एण्ड अवे दुबैमा गोल गरेका थिए भने २०१३ मा युनाइटेडविरुद्धको क्वार्टरफाइनलमा ।
Post a Comment