मेक्सिको / मेक्सिकोमा अपराधका घटनाहरु धेरै हुने गर्छन् ।
मानव तस्करीका लागि समेत मेक्सिकोको अपराधिक
संगठनहरु विश्वभर फैलिएको एक अध्ययनले देखाएको छ ।
मेक्सिको सरकारले अपराधिक संगठनलाई तह लगाउन नसक्दा
यस्ता अपराधिक घटनाहरु धेरै हुने गरेको हो ।
एउटी युवतीले मेक्सिकोमा आफुमाथि भएको हिंसाबारे
बोलेकी छिन् । सिएनएनसँग बोल्ने क्रममा उनले यस्तो रहस्य
खोलेकी हुन् । कार्ला जासिन्टोलाई लाग्छ उनी ४३ हजार
२ सय पटक बलात्कार भएकी छिन् । उनी भन्छिन्,‘प्रत्येक
दिन ३० जना मानिसहरुले ४ वर्षसम्म मलाई बलात्कार गरे ।’
१२ वर्षीकी हुदाँ एकजना मानिसले ललाईफकाई गर्ने गरेको
उनले बताइन् । उनी भन्छिन्,‘एकजनामा मानिस थियो ।
उसले मलाई गिफ्ट, पैसा, कारहरु दिनेगथ्र्यो ।’उसको
प्रलोभनमा परेपछि उनी मेक्सिको सहर टलाक्सकलामा
उसँगै गइन् । ‘त्यहाँ वेश्वावृतिका लागि काम गर्ने विभिन्न
महिलाहरु लगिने ठाउँ रहेछ । बेश्यावृतिका लागि बाध्य
पारी धन्दा गराउने काम त्यहाँ हुनेगर्छ’, उनले बताइन् ।
तीन महिनासम्म उनी उक्त मानवतस्करसँग उक्त ठाउँमा
बसिइन् । त्यसपछि उनलाई उक्त व्यक्तिले गुएडालाजारा,
मेक्सिकोको ठुलो सहरमा लिएर गएको थियो । त्यसपछि
उनीलाई बेश्याबृति गर्न बाध्य बनाइयो ।उनी भन्छिन्,‘म
विहान १० बजेबाट सुरु गर्थे र मध्येराति सकिन्थ्यो । केही
मानिसहरु म रोएको देखेर हास्ने गर्थे । उनीहरु मेरो
शरिरमाथि चढ्थे । म आखाँ चिम्लिएर बस्ने गर्थे । उनीहरुले
गरेका हर्कतहरु मलाई महसुस हुनै छोडेको थियो ।’
उनलाई वेश्यावृतिमा लगाउन बाध्य बनाएका ती
मानवतस्कर व्यक्तिले नराम्रोसँग कुटपिट गरेको उनले बताइन्
। उनको घाटीमा लिपिस्टिको दाग देखेपछि उसले कुट्न सुरु
गरेको थियो । उनी भन्छिन्,‘मलाई चेनले पिटेको थियो ।
मुक्कानै मुक्काले हान्यो । लात्ताले हान्यो । मेरो कपाल
टान्दै मलाई घसिटेर यताउता गरेको थियो । मेरो मुखमा
बारम्बार थुक्यो । मलाई आइरनले समेत पोल्दिएको थियो ।’
प्रहरीहरुले समेत असहयोग गरे । नंग अवस्थामा रहेको बेलामा
१० वर्षे बालिकाको भिडियो बनाउने काम उनीहरुले गरे ।
अन्तर्राष्ट्रिय संस्था माइग्रेसनका अनुसार मेक्सिकोमा
प्रत्येक वर्ष २० हजारको संख्यामा मानवतस्करी हुने
बताएको छ ।
अमेरिकामा पनि प्रत्येक १० जनामा ५ जना मोस्ट वान्टेड
मानव तस्करहरु टेनासिन्गोबाट रहेका छन् । त्यहाँको
जनसँख्या ११ हजार रहेको छ ।जासिन्टोलाई सन् २००६ मा
उद्धार गरिएको थियो । उनको उमेर हाल २३ वर्ष रहेको छ ।
अब उनी मानव तस्कर विरोधी अभियानमा काम गर्दै
आइरहेकी छिन् ।
Post a Comment