Latest Updates :

घरमै बसि केही सिक्न चाहनुहुन्छ? यी वेबसाइटमा जानुहोस्


SHARE THIS POST :

काठमाडौँ, कार्तिक ११ । नयाँ कुरा सिक्न कत्तिको रुचि राख्नुहुन्छ ? यदि  राख्नुछ भने यी वेबसाइटहरूमा जानुहोस् र आफूले सिक्न चाहेको कुरालाई केही समय दिएर सिक्नुहोस् । इन्टरनेटमा सित्तैँमा पाइने देखि पैसा तिरेर सिक्ने हजारौं कोर्ष प्याकेज पाइन्छन् । सायद तपाइले यही सिकाइबाट आफ्नो नयाँ करिअर पनि बनाउन सक्नुहुन्छ । सिकाइमै केन्द्रित चल्तीका केही वेबसाइट यस्ता छन् ।

ल्यान्डा डट कम (lynda.com)
यो साइटमा तपाइले मार्केटिङ, बिजनेश, फोटोशप लगायत १ हजार भन्दा बढी कोर्षहरु सिक्न सक्नुहुन्छ । दैनिक २० देखि ३० मिनेट दिनुभयो भने तपाइलाई नै राम्रो हुन्छ । यो साइटले १० दिन निःशुल्क सिकाउने गर्छ ।

स्कीलसेयर डट कम (skillshare.com)
यो साईटमा बिजनेस, कुकिङ, डिजाइन, कला, फिल्म, संगित, फोटोग्राफि लगायत सैयौं कोर्षहरु सिकाइन्छ । केही समय पि|m ट्रायलमा सिक्दा तपाईलाई फाइदा गरेको छ भने थप पैसा तिरेर पनि सिक्न सक्नुहुन्छ । यो साईटमा गएर सिक्न तपाईले दैनिक ३० मिनेट दिनुभयो भने राम्रो हुन्छ ।

र्‍यापेएप डट कम (rypeapp.com)

तपाइलाई विदेशी भाषा सिक्नु छ भने यो साइट भरपर्दो छ । दैनिक ३० मिनेट दिनुभयो भने तपाइले विदेशी भाषा केही भएपनि जान्नुहुन्छ । यो साइटले बिदेशी भाषा सिकाउन पर्सनल ट्रेनर पनि उपलब्ध गराउँछ । यो साइटमा तपाइले १४ दिन निःशुल्क सिक्न पाउनुहुन्छ ।

ह्याकाडी डट कम (hackaday.com)
केही नयाँ कुरा बनाउनुपर्यो वा जीवनलाई व्यवस्थित गर्ने उपायहरू चाहिएमा यो साइट पनि उपयोगी रहेको छ । यो साइटमा तपाइहरूले धेरै नयाँ कुराहरू सिक्न सक्नुहुन्छ ।

सेभेनमिन डट कम(7-min.com)
तपाई मोटोपन, थकान, दुब्लोपन लगायतका स्वास्थ समस्यावाट चिन्तित हुनुहुन्छ भने यो साईटले तपाइको चिन्तालाई हल गरिदिन्छ ।यो साइटमा गएर तपाइले उसको निर्देशन मान्दै एक्सरसाइज गर्नु भयो भने तपाइलाई जिम जानै पर्दैन ।

क्ल्याम डट कम (calm.com)
तपाइलाई ध्यान गर्न मन छ तर ध्यान गर्न आउँदैन भने यो साइटको भिजिट गर्नुहोस् । यो साइटमा ध्यान गर्ने तरिका र ध्यान गर्दा प्रयोग हुने म्युजिकहरु पनि राखिएको छ ।

बिग थिंक डट कम (bigthink.com)
यो साइटले विज्ञान, राजनीति, व्यक्तित्व विकास, स्वास्थ्य, कला, मनोरञ्जन लगायत विविध विषयमा जानकारीहरू दिने गर्छ । यो साइटमा गएर आफूलाई उपयोगी हुने कुनै पनि विषय पढेर हेरेर जानकारी पाउन सक्नुहुन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv