Latest Updates :

यी हुन् आधुनिक प्रेम सम्बन्धका तितो यथार्थहरु


SHARE THIS POST :

सम्बन्धको परिभाषा पूर्णरुपमा बदलिएको छ । पलभरमा सम्बन्धहरु गाँसिन्छन् र टुट्छन् पनि । यस्तो सम्बन्ध

बाहिरबाट जति सुन्दर तथा प्रेमपूर्ण लाग्दछ वास्तवमा भित्र निकै खोक्रो हुन्छ । के तपाइँलाई थाहा छ, यसको कारण ?

 सोसल मिडिया
 पहिले पहिले आफ्नो पार्टनरसँग जे सुकै कुरा गर्नुपथ्र्यो सँगै बसेर एक अर्कासँग भनिन्थ्यो वा फोनमै भएप्नि कुराकानी गरेर भनिन्थ्यो । अहिले यसको ठाउँ च्याटिंग एपहरुले लिएको छ । तपाइँ मेसेज छाड्नुहुन्छ च्याटमा । कहिलेकाहीँ पढ्नुपर्ने मानिसले नदेखेको पनि हुनसक्छ र तपाइँको मेसेज नपाउँदा झगडा सुरु हुनपनि सक्छ । पहिले कहीँ घुमफिर गरेर आइसकेपछि सँगै फोटो हेर्ने चलन हुन्थ्यो । तर आजकल आफु आफै फेसबुकमा अपलोड गर्ने र त्यहीँ एकअर्काको फोटो हेर्न पाउने अवस्था छ ।

 प्रेम भन्दा पहिले आशक्ति
 आधुनिक सम्बन्धमा प्रेम कम तर आशक्ति बढि हुन्छ । तर यदि सम्बन्ध प्रेममा नभई आशक्तिमा टिकेको हो भने त्यो धेरैदिन रहँदैन ।

 भावना व्यक्त गर्न नपाउनु
 पहिले मानिसहरु भावना व्यक्त गर्न बोलीको प्रयोग गर्थे । त्यसको स्थान अहिले मेसेजले दिएको छ । यस्तो मृत मेसेजले मनको भावना दोश्रो व्यक्तिसँग ठीक तरिकाले पूराउने कुरै भएन । यसले सम्बन्धमा गहिराइ आउन पाउँदैन ।

 लुक्समा ध्यान
 मनिसहरु प्रेममा पर्नुअघि आफ्नो लुक्सलाइ खुबै बदलेका हुन्छन् । ता की पार्टनरलाई आकर्षित गर्न सकियोस् । तर आफ्नो आनीबानी तथा व्यक्तित्वमा ध्यान दिँदैनन् । यसले दूरी बढाउने काम गर्दछ ।

नममात्रको सम्बन्ध
अाजकलको प्रेम सम्बन्ध केबल नाममात्रैको हुने गरेको छ । सम्बन्धमा केवल ग्लामर लाइफ र आफ्नो आवश्यकता पूर्ति मात्रै प्रधान कुरा बन्ने गरेको छ । स्वार्थ पूरा भएसँगै सम्बन्ध बदल्न पनि पछि पर्दैनन् मानिसहरु ।

 लाजशर्म छैन
आजकल प्रेम तथा सेक्सका विषयमा पहिलेको तुलनामा संकोच तथा लाजशर्म भन्ने कुरा निकै घटेको छ । आफ्नो सन्तुष्टि तथा अभिव्यक्तिलाई सबैले अधिकारको रुपमा लिने गरेका छन् । जसका कारण खुल्ला रुपमा सेक्सको कुरा हुन्छ । दाम्पत्य जिवनमा सेक्सको भूमिका ठूलो हुन्छ ।

 सोही कारण यसमा थोरैमात्र पनि उदासिनता आयो भने दाम्पत्य जिवन नै खतरामा पर्दछ । यसमा ताजगी ल्याउनका लागि अहिले महिलाहरु समेत स्वतन्त्रता चाहन्छन् ता की लाज तथा संकोचलाई पर राखेर सेक्समा के चाहना छ भन्ने कुरा खुलेर भनिन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv