Latest Updates :

ठमेलमा एकल महिलामाथि सामुहिक बलात्कार, केन्द्रमा भनसुन गरेपछि मात्र उजुरी लियो प्रहरीले


SHARE THIS POST :

काठमाडौं मंसिर - काठमाडौंको ठमेलमा एकल महिलामाथि सामुहिक बलात्कार भएको छ । ठमेलबाट अपहरण शैलीमा तीन जना अज्ञात समुहले गाडीमा हालेर वसपार्कको होटलमा पुर्याई सामुहिक बलात्कार गरेको पिडीतले वयान दिएकी छिन् ।
२९ वर्षीया पिडीत अहिले रक्षा नेपालको संरक्षणमा छिन् । सोमवार भएको उक्त घटनापछि पिडीत मंगलबार रक्षा नेपालको सम्र्पकमा आएकी थिइन् । रक्षा नेपालको संलग्नतामा पिडीतले प्रहरीमा उजुरी दिन पुगेकी थिइन् । तर बालाजु प्रहरी कार्यलय, महाराजगन्ज प्रहरी कार्यलयमा जाँदा पनि बलात्कारको उजुरी दायर गर्न नमानेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् ।

विभिन्न प्रहरी कार्यलयमा जाँदा आफ्नो क्षेत्रको केश नभएको भन्दै प्रहरीले उजुरी लिन नमानेको तर केन्द्रमा भनसुन गरेपछि मात्र महाराजगञ्ज प्रहरी कार्यलयमा उजुरी दर्ता भएको थापाले बताएकी छिन् । आजबाट कानुनी प्रकृया सुरु भएको र प्रहरीले अपराधी खोज्न सक्रियताका साथ लाग्ने आश्वासन दिएको थापाले जानकारी दिइन् । पिडीतमाथि शारीरिक याताना दिइएको र ३ जनाले सामुहिक बलात्कार गरेको बयानमा उल्लेख छ ।

उनको आँखा र तिघ्रामा गहिरो चोट लागेको छ । उनको प्रसुति गृहमा स्वास्थ्य परीक्षण गरिएको थापाले बताइन् । पिडीत एकल महिला हुन् । उनको १२ वर्षको १ छोरी, ९ र ७ वर्षको २ छोरा छन् । पिडीत र उनको सन्तान अहिले रक्षा नेपालमको संरक्षणमा छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv