काठमाडौं । मलेसियाको निलाईस्थित रेकन कम्पनीमा कार्यरत एक नेपाली झुण्डिएको अवस्थामा फेला परेका छन् । आफैं बस्ने होस्टेलको माथिल्लो तलामा आजै बिहान रजिनिङ याख्या झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
उनले मलेसियामै केही दिनअघि मेडिकल चेकअप गरेका थिए । चेकअप गर्दा आफ्नो किड्नी फेल भएको थाहा भएपछि उनले यस्तो गरेको हुनसक्ने आफन्तले जनाएका छन् ।
धनकुटा खुवाफोक घर भएका याख्या २ वर्ष अगाडि मात्र मलेसिया गएका थिए । यस्तो घटना थाहा पाएपछि मलेसियामै रहेका उनका दाजु यकुसाधन याख्या घटनास्थलतर्फ गएका छन् ।
Post a Comment