Latest Updates :

बाबुरामलाई दीपकको कडा जवाफ-‘टोपी दिवस मनाउँदा,धोतीलाई किन समस्या ?’


SHARE THIS POST :

काठमाडौं। आइतबार अन्तर्राष्ट्रिय टोपी दिवस मनाइयो । दिवसका अवसरमा विभिन्न कार्यक्रम हुनुका साथै टोपी लगाएका फोटोले सामाजिक सञ्जाल भरिए । फोटै खिच्नका लागि भएपनि एकैछिन टोपी लगाएर सामाजिक सञ्जालमा फोटो अपलोड गर्नेहरु पनि थुप्रै थिए ।
यसरी टोपी लगाएर सामाजिक सञ्जालमा फोटो अपलोड भएपछि नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले ट्वीटरमार्फत अब बख्खु, धोती दिवस पनि मनाउनु पर्छ भन्दै व्यङ्ग्य गर्दै गरेका थिए ।
टोपी दिवस रे!अब बख्खु दिवस! धोती दिवस!..संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारीसकेको देशमा एकलसंस्कृतिका कुरा कति जायज़?
भट्टराईलाई कलाकार दीपकराज गिरीले फेसबुकमार्फत जवाफ फर्काएका छन् । कलाकार गिरीले फेसबुकमा लेखेका छन् ‘बिहानै टोपी लगाएको फोटो हालेको बाबुरामजीले देखि सहेनन् ।’ टोपी दिवस मनाउँदा धोतीलाई समस्या किन भन्दै गिरीले भट्टराईलाई प्रश्न गरेका छन् ।
कलाकार गिरीले बाबुरामलाई टोपी लगाएको हो श्रीपेच होइन । त्यसकारण नआत्तिन भन्दै व्यङ्ग्य गरेका छन् । उनले लेखका छन् ‘हामीले टोपी लगाउँदा पनि श्रीपेचनै लगाएको जस्तो नगर्नुस् न है ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv