२४ माघ – सिन्धुपाल्चोकको गुम्बा गाविस ४ स्थित पांग्रेपुरमा दुई पक्षीय झडप हुँदा एक जनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् ।
स्थानीय काइला तामाङको छोराको छेवरमा निम्तो मान्न आउने क्रममा पांग्रेपुर ४ र ६ बेल्द्रेका युवाहरुबीच झपड हुँदा गम्भीर घाइते बनेका पांग्रेपुर ४ का साइला तामाङको उपचारको क्रममा मृत्यु भएको छ |सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताएको ।
दुई वडाका मानिसहरुबीच पुरानो रिसिइबी रहेको र छेवरमा मदिरा पनि सेवन गरेका कारण विवाद उत्पन्न भइ झडप भएको थियो | गम्भीर घाइते तीन जनालाई हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याएको छ |
गम्भीर घाइतेहरुमा बडा नम्बर दुईका साङ बहादुर तामाङ, बडा ६ का जङबहादुर तामाङ, बडा ४ का वीरबहादुर तामाङ रहेका छन् | घटनामा घरेलु हतियारका साथै चिर्पर र ढुंगाको प्रयोग भएको पाइएको छ । (फोटो:फूल काजी स्याङबोको फेसबुकबाट)
Post a Comment