काठमाडौँ- पछिल्लो समय कलाकारहरू राजनीतिक घटनाक्रमबारे टिप्पणी गरेर पनि चर्चामा आउन थालेका छन् । अहिले यसरी नै चर्चामा छाएकी छिन्, बलिउड अभिनेत्री प्रियंका चोपडा ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्धबारे चोपडाले टिप्पणी गरेकी हुन् । ट्रम्पको यो निणर्यले आफू निकै प्रभावित भएको उनले लेखेकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘प्रतिबन्धित देशसँग युनिसेफको धेरै काम चलिरहेको छ । त्यहाँका बालबालिका समस्यामा छन् ।
प्रतिबन्धविरुद्ध आवाज उठाउने हो भने पक्कै पनि परिवर्तन हुनेछ,’ उनले थपेकी छिन्, ‘हाम्रा बालबालिकालाई धर्मको आधारमा भेदभाव गर्नुहुँदैन ।’ प्रियंका युनिसेफकी गुडविल एम्बेसडर भएकाले पनि उनको टिप्पणी अहिले चर्चामा आएको हो । नयाँ पत्रिकामा खबर छ ।
Post a Comment