Latest Updates :

नेपाल वायु सेवा निगमले आफ्ना दुईवटै बोइङ विमान लिलाम गर्ने......


SHARE THIS POST :

काठमाडौ,माघ ।
नेपाल वायुसेवा निगमले आफ्ना दुईवटै बोइङ विमानलाई लिलाम गर्ने निर्णय गरेको छ । निगमले पहिलो चरणमा आफुसंग अहिले रहेका बोइङ–७५७ लाई एक हप्ताभित्रै लिलामी प्रक्रियामा लैजाने जनाएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी नेपाल बायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले बोइङहरुलाई लिलामी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन् ।
३० वर्षभन्दा बढी समय चलेपछि यि बोइङलाई निगमले हटाउन लागेको हो । अब वायुसेवा निगमले वाइडबडीबाट मात्रै सेवा दिने तयारी गरेको छ । कंसाकारले भनेः‘लिलाम हुने बोइङ अमेरिकासम्म उडाएर नै लैजान सकिने स्थितिमा छन् ।’
यसैबीच,नेपाल एयरलाइन्सले आगामी मार्चभित्रै नयाँ वाइडबडी ए३२०–२०० जहाज खरिदको सम्झौता गर्ने भएको छ । मिगमले दुईवटा वाइडबडी एयरबस किन्न अन्तिम तयारी गरिरहेको छ । अमेरिकी कम्पनी एएआरसँग भएको विमान खरिद गर्ने समझदारी अनुसार मार्चभित्रै खरिद समझौता हुने नेपाल एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न ककंशाकारले जानकारी दिए । पत्रकार सम्मेलनमा कंशाकारले नयाँ वाइडबडी खरिदको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए ।
नयाँ आउने जहाजले साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियकाको सिड्नी र जापानको टोकियोमा सेवा दिने कंशाकारले बताए । यसले विशेष गरी पर्यटक लक्षित शहरहरुलाई लक्षित गर्दै उडान भर्ने भएको छ । नयाँ एयरबस २८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा बिजनेश क्लासका सिट हुनेछन् । यो जहाज एयरबसको अहिलेको अन्तर्राष्ट्रिय मूल्यअनुसार आधा सस्तोमा नेपालमा आउँदैछ ।
जहाज १ सय ४ मिलियन डलरमै किन्न लागिएको कंशाकारले बताए । निगमले एयसबसको खरिद गर्न २२५ मिलियन अमेरिकी डलर छुट्याएको थियो । महाप्रबन्धक कंसाकारले भनेः‘अनुमानभन्दा निकै सस्तोमा नयाँ जहाज पाएका छौं । एभियसन मार्केटमा कहिलेकाँही यस्तो हुन्छ ।’ उनले थपेः‘ यसैका आधारमा सार्वजनिक खरिद नियमावली मिचिएको आशंका कतिपयले जनाएका छन् । तर, म दावी गर्छु की यो जहाज खरिद प्रक्रियामा कुनै नियम कानुन मिचेर निर्णय भएकै छैन ।’
नेपाल बायुसेवा निगमले नयाँ जहाज खरिदका लागि अमेरिकी कम्पनी एएआर कर्पोरेसनलाई १० करोड रुपैयाँ बैना दिने यसअघि नै पक्का भएको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv