Latest Updates :

एकै परिवारमा पाँच सय जना, खिचाइयो सामूहिक तस्बिर


SHARE THIS POST :
चीन– विश्वमा विभिन्न गतिविधि गरेर चर्चामा आउनेको कमी छैन। यस्तै चीनको पूर्वी प्रान्तको एक गाउँमा पनि अनौठो कार्य गरिएको छ। पाँच सय भन्दा बढी सदस्य रहेको एक चीनियाँ परिवारका सदस्यहरु एक ठाउँमा भेला भएर सामूहिक फोटा खिचाएका छन्।

 फोटोग्राफर झाङ लियानजङले उक्त तस्बिरहरु ड्रोनका माध्यमबाट घुमाउरो तरिकाले शिसी गाउँ नजिकैको एक पहाडमा लिएका थिए।
चीनको पूर्वी प्रान्तको शिसी गाउँमा रेन परिवार पुर्नमिलनका बेलमा गत हप्ता चीनियाँ लुनार वर्षको अवसरमा लिइएको थियो। चिनियाँ लुनार वर्ष चीनियाँहरु परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर मनाउने गर्छन्।

फोटोग्राफर झाङ लियानजङले उक्त तस्बिरहरु ड्रोनका माध्यमबाट घुमाउरो तरिकाले शिसी गाउँ नजिकैको एक पहाडमा लिएका थिए।

उनले बिबिसीलाई बताएअनुसार त्यो गाउँबाट सुरु भएको उक्त परिवारको इतिहास ८ सय ५१ वर्ष पुरानो रहेको छ तर उनीहरुको वंशावली विगत ८ दशकदेखि अध्यावधिक गरिएको थिएन।

झाङका अनुसार गाउँलेहरुले आफ्नो वंशावली अध्यावधिक गरेर कम्तिमा सात पुस्ताभित्रका २००० जीवित सन्तान पत्ता लगाएका थिए। उनीहरुले ठूलो भेला गरेर वंशावली तयार पारेका थिए जसबाट उनीहरुले पाँच सयलाई एकै ठाउँमा भेला गराएर सामूहिक तस्बिर खिचेका छन्।

रेन परिवारका २६ औं पुस्ताका गाउँका प्रमुख रेन टुआन्जीले तस्बिर खिच्नुका बारेमा भने,‘यसरी सामूहिक तस्बिर खिचाउनुको प्रमुख उद्देश्य भनेको हाम्रा सन्तानहरु कहाँसम्म फैलिएका छन् र कहाँबाट अन्त्य भएका छन् अनि हाम्रा पुर्खाहरुको योगदान पत्ता लगाउन हो ।’ उनले थप्दै भने, ‘अर्को कारण भनेको देशभर रहेका हाम्रा सन्तानलाई हाम्रो मुख्य पुर्खाको पहिचान र हाम्रो उत्पतिको थलोका बारेमा जानकारी गराउनका साथै हामी जहाँ गएपनि हामी कहाँबाट आएको हो भन्ने नबिर्सनका लागि जानकारी दिनका लागि पनि सामूहिक तस्बिर लिइएको हो।’

चीनियाँ समाजमा ठूलो परिवारका सदस्यहरुको सामूहिक तस्बिर लिने काम साझा भएतापनि रेन परिवारको यी तस्बिरले भने विभिन्न संचारमाध्यममा राम्रै स्थान पायो र कतिले त के यिनीहरुले एक अर्कालाई चिन्छन् भन्ने सम्म पनि समाचारको शिर्षक बनाएका थिए। चीनमा प्रख्यात माइक्रो ब्लगिङ साइट विबोमा त कतिपयले यो तस्बिरलाई ब्यंग्य पनि हानेका छन्। कतिले त यदि तिनीहरुले तस्बिर खिच्ने बेला कुनैलाई मन पराएको भऐ के तिनीहरुले विवाह गर्न सक्छन् भनेर प्रश्न पनि गरेको छन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv