विश्वभर भाइरल भइरहेको भिडियोमा उनले सालीन ढंगले अन्तर्वार्ता दिइरहेको देखिन्छ । उनले आफ्नो जीवन संघर्षको बिषयमा त्यहाँ बताइरहेकी थिइन् । त्यही क्रममा उनी बीचैमा रोकिएको देखिन्छ । त्यसपछि केही माथि हेर्दै अनौठो आवाजसहित सास फेर्न थालेको देखिन्छ, कतिपयलाई यो आवाज बाँडुल्की लागेजस्तो पनि लाग्न सक्छ । क्षणभरमै उनी लाइभ अन्तर्वार्ताको कुर्सीमै अचेत बनेकी समाचारहरुमा जनाइएको छ ।
सो अन्तर्वार्ताका एंकर जहिद मुख्तरले अन्तर्वार्ताको क्रममा उनको सास रोकिएपछि कार्यक्रम रोकेर तत्काल उनलाई अस्पताल पुर्याइएको बताएका छन् । तर, डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए ।
सो टेलिभिजन शोमा जाने क्रममा प्रोफेसर जितन्दरले आफू आफ्नो मृत्यु भारतका पूर्व राष्टपति एपीजे अब्दूल कलामको जस्तो होस् भन्ने चाहेको भनी बताएकी श्रीनगरकी उनका एंकर हफिजा मुजफरले बताएका छन् । डा. कलामको समेत काम गर्दा गर्दै मृत्यु भएको थियो
Post a Comment